विद्यार्थीको हात भाँचिदिने शिक्षक पक्राऊ

काठमाण्डौं/१५ माघ– सिरहाको मिर्चैयास्थित स्वष्तिक पाठशालाका एक विद्यार्थीलाई कुटपिट गरी हात भाँच्ने शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ ।
सिरहा नगरपालिका–२ निवासी १२ वर्षीय रितिक यादवलाई गृहकार्य नगरेको भन्दै कुटपिट गरी हात भाँचिदिएको आरोपमा पाठशालाका शिक्षक ताराबहादुर कार्कीलाई प्रहरीले पक्राउ गरेको हो । कुटपिटबाट रितिकको बायाँ हात भाँचिएको छ । कुटपिटबाट विद्यार्थीको हात भाँचिदिएको उजुरी आउने बित्तिकै उनलाई पक्राउ गरीएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक सन्तु जैसवालले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *