नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी जागिर खाने प्रावि शिक्षक विरुद्ध मुद्दा

काठमाडौं/१५ माघ–अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली प्रमाणपत्र पेश गरी ३५ वर्ष सम्म प्रावि तहमा अध्यापन गराउँदै आएका एक शिक्षक विरुद्ध मुद्दा दायर गरेको छ ।
बाँकेको कम्दी ७ पदमपुरमा रहेको शहिद स्मारक माध्यमिक विद्यालयमा प्राथमिक तहमा स्थायी भएका प्रावि द्वितीय श्रेणीका शिक्षक उदयराज यादवको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको अख्तियारको दाबी छ ।
अख्तियारका अनुसार उनको माध्यमिक शिक्षा परिषद्, उत्तर प्रदेश बोर्ड अफ हाईस्कुल एण्ड इन्टरमिडिएट एजुकेशन यू.पी. भारतको हाईस्कुल उत्तीर्ण प्रमाणपत्र नक्कली रहेको हो । उनले सोही प्रमाणपत्र पेश गरी २०४१ कात्तिक २६ गते शिक्षकको रुपमा सेवा प्रवेश गरी गत पुष २९ सम्म कार्यरत रहेको अख्तियारले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
नक्कली प्रमाणपत्र पेश गरी सार्वजनिक पदको लाभ तथा सुविधा लिएको भन्दै अख्तियारले उनी विरुद्ध मंगलबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *