एन प्याब्सनको तेस्रो रूपन्देहीे जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

काठमाण्डौं/८ माघ– राष्ट्रिय निजी तथा आवासिय विद्यालय एसोसिएसन रूपन्देहीको आयोजनामा भएको तेस्रो जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगिता मंगलबार सम्पन्न भएको छ ।
प्रतियोगितामा स्कलर्स होम बोर्डिङ स्कूलले जीत हासिल गरेको छ । रूपन्देही जिल्लाको १८ वटा विद्यालयको प्रतिस्पर्धी समुहलाई उछिन्दै स्कलर्स होम बोडिर्ङ स्कूलले हाजिरी जवाफको उपाधि जितेको हो । उपाधिसँगै स्कलर्स होम बोर्डिङ स्कूलले नगद रू पाँच हजार सहित शिल्ड र प्रमाणपत्र हात पारेको छ । त्यस्तै, सैनामैनाको सुनगाभा पब्लिक स्कूल द्वितिय, देवदह बोर्डिङस्कूल खैरेनी तृतिय, र मुनाल बोर्डिङ स्कूल बुटवलले प्रोत्साहन पुरस्कार हात पारेको छ । विजयी टिमहरूले नगद सहित शिल्ड तथा प्रमाणपत्र हासिल गरेको छ ।
नेशनल प्याब्सन रूपन्देहीका अध्यक्ष पुरूषोत्तम बस्यालको अध्यक्षतामा भएको सो कार्यक्रममा जिल्ला शिक्षा विकास समन्वय ईकाइ रूपन्देहीका प्रमुख दिपेन्द्र ढकालले विद्यार्थी जिवनमा धेरै विषयको सैद्धान्तिक तथा व्यवहारकि ज्ञान हुन आवश्यक रहेको बताए । खेलकुद तथा अतिरिक्त क्रियाकलापले विद्यार्थीको बौद्धिक ज्ञान बढाउने भएकाले विद्यालयमा शैक्षिकसंगै अतिरिक्त क्रियाकलापका कार्यक्रमलाई निरन्तरता दिनुपर्ने कुरामा उनले जोड दिए ।
कार्यक्रममा अभिभावक संघका केन्द्रिय सदस्य लोकनाथ ज्ञवालि, एन प्याब्सनका केन्द्रिय सदस्य बालकृष्ण तिवारी, प्रदेश उपाध्यक्ष विष्णुप्रसाद पौडल, रूपन्देहीका पूर्व अध्यक्ष देउप्रकाश राई, कान्ति मा.विका प्राध्यापक गोविन्द ज्ञवालि, ब्राईट स्टारका अध्यक्ष भवानी प्रसाद भुसाल एवं प्याब्सनका सचिव बाबुराम बन्जाडे लगायतले प्रथम तथा विजयी टिमलाई बधाई तथा शुभकामना दिंदै विद्यार्थीको चौतर्फि विकासका लागि समय–समयमा यस्तो प्रतियोगितात्मक कार्यक्रम गर्न आवश्यक रहेको बताए ।
रूपन्देही जिल्लाका विभिन्न स्थानका १८ संस्थागत विद्यालयहरूका ५४ प्रतिस्पर्धी विद्यार्थीहरूको सहभागीता रहेको उक्त प्रतियोगितामा सेलेक्शन जनरल नोलेज, विषयगत, अडियो भिजुअल, रेपिड फायर, र रिक्स गरी ६ जम्मा राउण्डमा प्रश्नोत्तर राखिएको थियो भने कार्यक्रमको संचालन गणेश डुम्रेले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *