माघ ५ गतेदेखि हिसान स्पोर्टस् मिट सुरू हुने

काठमाण्डौं ०३ माघ– हिसान सुनसरीले यहि माघ ५ गतेदेखि विद्यार्थीहरूलाई खेलकुदको माध्यमबाट अतिरिक्त क्रियाकलापको विकास गर्ने योजना सहित हिसान स्पोर्ट्स मिटको आयोजना गर्ने भएको छ ।
विद्यार्थीहरूलाई शैक्षिक ज्ञान संगैसंगै व्यवहारिक ज्ञान दिन विगत ८ वर्ष देखि नै उच्च तथा माध्यमिक विद्यालय संघ नेपालले विभिन्न खेलकुद कार्यक्रम गर्दै खेल उत्सवको रूपमा स्पोर्ट्स मिटलाई मनाउंदै आएको छ । उक्त स्पोर्ट्स मिटमा सुनसरी जिल्लाका संस्थागत विद्यालयहरूमा अध्ययनरत कक्षा ११ र १२ का करिब १२५० जना प्रत्यक्ष रूपमा सहभागीता रहनेछ भने अप्रत्यक्ष रूपमा ८००० भन्दा बढि छात्रछात्राहरूको सहभागीता रहने संस्थाका सचिव सागर भट्टराईले जानकारी दिएको छ ।
स्पोटर््स मिट अन्र्तगत फुटवल, भलिवल, व्याटमिन्टन, हाजिरजवाफ, क्रिकेट, बास्केटवल, टेवल टेनिस लगायतको ११ वटा विधामा खेल सञ्चालन हुनेछ भने जम्मा १५ वटा इभेन्ट हुने संस्थाका अध्यक्ष मुकुन्द घिमिरेले बताए । सो खेलहरू सुनसरीको दुहवी, धरान, इटहरीमा सञ्चालन हुने आयोजकले जनाएको छ ।
हरेक वर्ष सञ्चालन हुने यस्तो खेलकुद प्रतियोगिताबाट विद्यार्थीले आफ्नो विषयगत ज्ञानमा मात्र नभई बौद्धिक स्तरमा समेत विकास गर्न सकिने भएकाले गर्दा यो स्पोर्ट्स मिट निकै महत्वपुर्ण भएको आयोजकले बताएका छन् । यो वर्ष हिसानले पाककला प्रतियोगितालाई पनि प्राथमिकता दिई खेल सञ्चालन गर्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *