आफनो बच्चालाई पैगम्बर मोहम्मदको कार्टुन देखाएको भन्दै शिक्षकको शिर छेदन गरि हत्या

  • 126
  •  
  •  
  •  
  •  
    126
    Shares

पेरिस/२ कार्तिक – फ्रान्सको राजधानी पेरिसमा स्कुलमा पढ्ने आफनो बच्चालाई पैगम्बर मोहम्मदको कार्टुन देखाएको भन्दै एक ब्यक्तीले शिक्षकको शिर छेदन गरि हत्या गरेको छ । घटनाको केही समयमा प्रहरी पुगेको र बन्दुक देखाउँदै भाग्ने प्रयास गर्दे गर्दा प्रहरीको एन्काउन्टरमा उनी मारिएको बताइएको छ ।

१८ बर्षका ती हत्याराले इतिहासका ती शिक्षकमाथि हमला गर्नु पुर्व अल्लाहु अकबरको नारा लगाएको दावी गरिएको छ । शिक्षकमाथि अभिब्यक्ती स्वतन्त्रताको पाठ पढाउने बेला आफना विद्यार्थीलाई इस्लाम धर्मका प्रवर्तक पैगम्बर मोहम्मदको कार्टुन देखाएको आरोप लागेको थियो । यस घटनालाई लिएर फ्रान्समा राजनितिक बहस तात्तिन थालेको छ । फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रों आफै मृत शिक्षकको घर जाने कार्यक्रम रहेको बताइएको छ ।

शिक्षकको घाँटी काटेर गरिएको हत्यालाई लिएर फ्रान्समा फेरी एक पटक धार्मिक स्वतन्त्रतालाई लिएर बहस छेडिएको छ । राष्ट्रपति म्याक्रोंले यसलाई इतिहासको हत्या भनेका छन ।

प्रहरीले यस घटनामा एक नाबालिक सहित चार जनालाई गिरफ्तार गरेको छ । गिरफ्तार गरिएका सबै आरोपी आक्रमणकारीसँग सम्बन्धित हुन । प्रहरीले उनीहरुसँग सोधपुछ गरिरहेको छ । शिक्षकको टाउको काटिएको घटनासँगै ’emको सम्बन्ध रहेको बताइएको छ । उनीहरुमाथि हत्या भएपछि आरोपीलाई भाग्नमा मद्दत गरेको आरोप छ ।


ती आक्रमणकारी रुसको चेच्न्याका नागरिक भएको बताइएको छ । घटनालाई लिएर रुसी गुप्तचर एजेन्सी र प्रहरीले पनि यस मामिलामा जाँच गरिरहेका छन । चेच्न्या रुसको नियन्त्रणमा रहेको द्वन्द्व ग्रस्त क्षेत्र हो । मुस्लिम बाहुल्य रहेको उक्त क्षेत्रलाई स्वतन्त्र राष्ट्र बनाउन पृथक्तावादीहरु रुसी सेनासँग छापामार युद्ध लडिरहेका छन ।

इस्लाममा पैगम्बर मोहम्मदको कुनै प्रकारको मुर्ति वा चित्र बनाउनुलाई सबैभन्दा गम्भिर अपराधका रुपमा लिइन्छ । यसलाई पैगम्बरको अपमान र इस्लाम विरोधी कृत्यका रुपमा लिइन्छ ।
स्रोत स्काई न्युज फ्रान्स

  • 126
    Shares

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ