साइरियस विद्यालयद्वारा कक्षा व्यवस्थापन विषयमा कार्यशाला सम्पन्न

  • 48
  •  
  •  
  •  
  •  
    48
    Shares


काठमाडौं /२ कार्तिक – बाफल अवस्थित साइरस अङ्ग्रेजी माध्यमिक विद्यालयले लकडाउनको सदुपयोग गर्दै तिन दिने कक्षा व्यवस्थापन विषयमा कार्यशाला सम्पन्न गरेको छ ।


स्थापनाकाल देखि नै विद्यार्थी केन्द्रित क्रियाकलपमा र गुणस्तरीय सिकाइमा प्रतिबद्ध रही विविध क्रियाकलाप गर्दै आईरहेको विद्यालयले लकडाउनको समयलाई सदुपयोग गर्दै तिन दिने सिकाइ व्यवस्थापन प्रणालीको ’boutमा अनलाइन कार्यशाला सम्पन्न गरेको छ ।

लकडाउनको प्रारम्भ दिन देखि नै अनलाइन कक्षा सञ्चालन गरेको विद्यालयले शिक्षकहरूको लागि पुन कार्यशालाको आयोजना गरेको हो । प्रशिक्षक विवश थापाले विविध वेव टुल्स र सिकाइ व्यवस्थापन प्रणाली मुडल र इजि क्लासरूम को ’boutमा प्रशिक्षण दिनुको साथै प्रयोगात्मक तरिकाले सिकाइ व्यवस्थापनको प्रशिक्षण समेत दिएका थिए ।

विगत लामो समयदेखि विद्यार्थी र शिक्षकहरूलाई अन्तराष्ट्रिय स्तर, राष्ट्रीय स्तरका प्रशिक्षकहरु बाट प्रशिक्षण दिँदा शिक्षण सिकाइ क्रियाकलाप रुचिपूर्ण, दिगोपन र प्रभावकारी भएकोले विद्यालयले आगामी दिनमा पनि प्रशिक्षण कार्यक्रमलाई निरन्तरता दिने शैक्षिक निर्देशक समीक्षा बिडारीले बताईन ।

  • 48
    Shares

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ