पठनपाठनमा सहभागी भएका शिक्षकमा कोरोना संक्रमण पुष्टि

  • 1K
  •  
  •  
  •  
  •  
    1K
    Shares


बागलुङ /२ कार्तिक – बागलुङको गलकोट नगरपालिकामा एक शिक्षकलाइ कोरोना संक्रमण भएको छ । पठनपाठनका लागि चितवनबाट गएका र तीन दिन विद्यालयको पठनपाठनमा सहभागी भएका शिक्षकमा कोरोना संक्रमण पुष्टि भएको हो ।


शिक्षकलाई कोरोना देखिएपछि सम्बन्धित विद्यालय तथा वडाका टोलहरुमा सावधानी अपनाउन आग्रह गरिएको छ । गलकोट नगरपालिकामा संस्थागत क्वारेन्टाईन नभएको र बाहिरबाट आउने नागरिक होमक्वारेन्टाईनमा बस्ने गरेका छन् ।


हाल सम्म गलकोटमा संक्रमितको संख्या ८६ पुगेको छ । त्यसैगरी गलकोटमा हाल १७ जना उपचाररत छन ।

  • 1K
    Shares

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ