आज घटस्थापना दशैँको सुरुको दिन

  • 655
  •  
  •  
  •  
  •  
    655
    Shares


काठमाडौँ /१ कार्तिक – आज बडादशैँको सुरुको दिन साथै घटस्थापना । समस्त हिन्दुहरुले आज आफ्नो घरको पूजाकोठामा घटस्थापना गर्दैछन । त्यसै गरी आजको दिनदेखि नवरात्रि सुरु हुन्छ ।


पूजाकोठाको भुइँलाई गाईको गोबरले लिपेर चोखो पारी चोखो बालुवा वा माटोमाथि दियो कलश गणेश स्थापना गरी टपरी भिँगुट माटो वा तामाको भाँडामा गोबर टाँसेर जौ र गहुँ मिसाएर घटस्थापना गर्ने प्रचलन छ । यस दिन घट कलशको स्थापना गरी देवी९देवतालाई आवाहन गरिन्छ ।


घटस्थापनाको साइत आज बिहान ११ः४६ बजे रहेको छ । आजका दिनदेखि नौ दिनसम्म विभिन्न शक्तिपीठमा पूजाअर्चना गर्दै नवरात्र मेला आरम्भ हन्छ ।

  • 655
    Shares

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ