नतिजा प्रकाशन नभएसम्म विद्यार्थी भर्ना नगर्न निर्देशन

  • 384
  •  
  •  
  •  
  •  
    384
    Shares


काठमाडौ /१ कार्तिक – प्रविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सिटिईभिटि)ले नतिजा प्रकाशन नभएसम्म विद्यार्थी भर्ना नगर्न निर्देशन दिएको छ । डिप्लोमा , प्रमाणपत्र तह र प्रि-डिप्लोमा तह अन्र्तगतका कार्यक्रमहरुमा पुर्ण शुल्कीय र छात्रवृत्तिको फारम माग गरीएको र छनौट प्रकृया पुरा नहुदै केहि शैक्षिक संस्थाहरुले विद्यार्थी भर्ना गर्न थाले पछि विद्यार्थी भर्ना नगर्न भनेको हो ।

साथै शुल्कीय र छात्रवृत्तिको लागि फारम भरेका विद्यार्थीहरुको योग्यताक्रमको सूची प्रकाशन सम्बन्धी कार्य भइरहेकोले सम्बन्धित प्रदेश कार्यलयबाट औपचारीक रुपमा परीक्षार्थी छनौट गरी भर्नाकालागी सिफारीसको सार्वजनिक सूचना जारी नभएसम्म भर्ना नगर्न भनिएको छ ।

  • 384
    Shares

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ