दाङका विद्यालय फेरि बन्द हुन थाले


दाङ /३० असोज – कोरोना कहरकै विचमा खुलेका विद्यालय फेरी बन्द हुन थालेका छन् । कोरोना संक्रमण बढ्न थालेपछि दाङमा खुलेका विद्यालय फेरि बन्द हुन थालेका छन । यो बिचमा घोराही उपमहानगरपालिका र बबई गाउँपालिकाले आफ्नो क्षेत्रका सम्पूर्ण विद्यालयको पठनपाठन बन्द गरिसकेका छन ।

कोभिड -१९ को संक्रामण बढ्दै गए पछि विद्यार्थीलाइ भौतिकरुपमा विद्यालय बोलाएर पठनपाठन गराउदा जोखिम बढेकोले सञ्चालित शिक्षण सिकाई क्रियाकलाप बन्द गर्ने निर्णय गरिएको घोराही उपमहानगरपालिकाले जानकारी दिएको छ । घोराही उपमहानगरपालिकाले असोजको १ गतेदेखि नगरका सम्पूर्ण विद्यालयमा शिक्षण सिकाईको कार्य सञ्चालन गरेको थियो ।

घोराही उपमहानगरपालिकाले सोमबारदेखि लागू हुुनेगरी कात्तिकको १५ गतेसम्म २० दिनका लागि सामुदायिक र संस्थागत विद्यालय बन्द गर्ने निर्णय गरेको छ। भने कक्षा ११ को परीक्षा समेत कात्तिक १५ गतेसम्म नगर्न सबै विद्यालयलाइ निर्देशन दिइएको छ । तर विद्यालयको दैनिक प्रशासनिक कार्य भने सञ्चालन गर्न पाइने छ ।

त्यसै गरी बबई गाउँपालिकाले पनि पालिकाभित्रका सबै विद्यालय बन्द गर्ने निर्णय गरेको छ । असोज ११ गतेबाट सञ्चालनमा आएका विद्यालय स्थानीयमा कोरोना संक्रमण देखिएपछि तत्कालका लागि विद्यालय सञ्चालनमा रोक लगाइए छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *