चडपर्वमा पनि तलब नपाए थोपाथोपा आशुको हिसाब गरिने शिक्षकहरूद्वारा चेतावनी

  • 233
  •  
  •  
  •  
  •  
    233
    Shares


काठमाडौं /२९ असोज – संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) काठमाडौं जिल्ला समितिले शिक्षक कर्मचारीहरूको बैशाखदेखि अहिलेसम्मको तलब तत्काल भुक्तानी गर्न विज्ञप्ति मार्फत माग गरेका छन् । लकडाउनको बहाना वनाइरहेका विद्यालय सञ्चालकहरु खुल्ला भएको लामो समय सम्म पनि अनेक वाहाना बनाएर तलब दिने जिम्मेवारी बाट पन्छिएको विज्ञप्तिमा भनिएको छ ।

निजी विद्यालय सञ्चालकहरु जिम्मेवारी बाट पन्छिएको कारण यो दशैमा आँसुले अक्षेता भिजाउनु पर्ने अवस्था आएको भन्दै यदि तलब नपाए दशै तिहार लगत्तै थोपाथोपा आशुको हिसाब गरिने चेतावनी दिएका छन ।

साथै विज्ञप्तिमा भनिएको छ संगठनले बिगतमा कहिलै नाफाको हिस्सा दाबि नगरेको र अहिले घाटा छ भन्ने बहाना बनाउन नपाइ उम्कन नमिल्ने दाबी गरेका छ ।

बिज्ञप्तीमा तलब माग्दा संचालकहरूले शिक्षक कर्मचारीहरूलाई मानसिक तनाव दिने र निष्कासन समेत गर्ने गरेको भन्दै शिक्षा ऐन र अन्य कानुन अनुसार दायित्व पूरा नगर्ने विद्यालयहरूको अनुगमन गरी कार्बाहीको दायरामा ल्याउन स्थानीय, प्रदेश र संघिय सरकारका निकायहरूलाई आग्रह गरिएको छ ।

  • 233
    Shares

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ