दरबन्दी मिलान कार्य स्थगित गर्न राहत शिक्षक समिति प्रदेश नं.१ को माग

काठमाडौं/१७ भदौ – नेपाल राहत शिक्षक समिति प्रदेश नं.१ कार्यसमितिले दरबन्दी मिलान कार्य स्थगित गर्न माग गरेको छ ।

समितिले आज जारी गरेको ध्यानाकर्षण पत्रमा एकतिर राज्यले महासंघ आवद्ध घटकहरुको उपस्थितिमा राहत शिक्षकहरुलाई दरबन्दीमा लैजाने भनी सम्झौता गर्दछ भने अर्को तर्फ राहतलाई दरबन्दी मानी मिलान प्रक्रियाको सहमति गरिएको उल्लेख छ ।

समितिले हिजोको दिनमा राहतलाई पायक पर्ने ठाउँमा सरुवा गरिनुपर्छ भन्दा राहत दरबन्दी नै होइन भनी राज्यले परिभाषित र अहिलेको भयावह परिस्थितिमा राज्यले शिक्षक दरबन्दी मिलानको नाममा राहत अनुदानमा कार्यरत शिक्षकहरुलाई मानसिक तनाव दिएको बताएको छ ।

समितिले आफूहरुको माग पूरा नभए कडा भन्दा कडा आन्दोलनमा जाने चेतावनी समेत दिएको छ । यस्तै, उनीहरुले राहत शिक्षकसँग भएका सम्झौता कार्यान्वयन गर्न पनि माग गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *