कानुनमा करिअर रोजगार र अवसर

  • 102
  •  
  •  
  •  
  •  
    102
    Shares

काठमाडौ /२३ साउन – विद्यार्थीलाई एसईईको नतिजा प्रकाशित भएसंगै कुन कलेज पढ्ने र कस्तो कलेज पढ्ने कति जीपीए आउँदा कुन विषय पढन पाईन्छ भन्ने जिज्ञासा भइरहेको छ । वर्षेनी एसईई उत्तीर्ण विद्यार्थी उत्कृष्ट शैक्षिक यात्राको खोजी गर्छन् । आफुले प्राप्त गरेको जीपीए लिएर भविष्यको खोजीमा हिड्ने विद्यार्थीहरुको एउटा सही गन्तव्य र सुरक्षित भविष्य खोज्नु उतिकै चुनौतिपूर्ण छ । यतिबेला विद्यार्थीले तय गरेको यात्राले उनीहरुको भविष्य कस्तो बनाउने भन्ने निर्णय गर्ने भएकाले पनि सही निर्णय गर्नुपर्ने समय आएको छ ।


विद्यार्थीको आफ्नो विश्लेषणले मात्र सही बाटो तय गर्न कठिन हुने भएकाले परिवार र आफ्न्त तथा विद्यालयबाट परामर्शको खाँचो छ । शिक्षा ऐनको आठाँै संसोधनसँगै कक्षा १२ सम्मको विद्यालय तहको अन्तिम परीक्षा कक्षा १२ मा हुने भए पनि माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसईई) पछिको अध्ययनको यात्राले उनीहरुको उच्च शिक्षाको यात्रा के हुने भन्ने तय हुनेछ । कक्षा १० को परीक्षा एसएलसीबाट एसईई भए पनि अहिलेसम्म गन्तव्य छनोटको बाटो भने परिवर्तन भएको छैन ।


अहिले गरेको निर्णयले आफु भविष्यमा के बन्ने भन्ने कुराको निर्धारण हुन्छ । त्यसैले विद्यार्थीले सोचेर निर्णय गर्दा राम्रो हुन्छ । आफ्नो जीपीए र ग्रेडले पनि फरक पार्दछ । विद्यार्थीको रुचाी , क्षमता र जीपीएलाई ध्यानमा राखी कक्षा ११ मा विज्ञान, कानुन, ब्यवस्थापन, मानविकी र शिक्षा समूहका कम्प्युटर साइन्स, हाटल म्यानेजमेन्ट, ट्राभल एण्ड टुरिजम, कानुन , पत्रकारिता, विजनेश स्टडिज जस्ता राम्रा विषयको उत्कृष्ट पढाइ हुने कलेज, एसर्ईई पछिको उच्च शिक्षाका लागि उत्कृष्ट गन्तव्य हुनसक्छन ।


सरकारले नै न्यायपालिका र कानुन मन्त्रालयमा मध्यमस्तरको जनशक्ति कानुन पढेकै चाहिने रहेछ भन्ने सोचेर न्याय समन्वय समिति, कानुन मन्त्रालयको सिफारिसमा कक्षा ११ र १२ मा काननु पढाउन थालिएको हो । यो तहमा कानुनको अध्ययनले विद्यार्र्थीलाई माध्यमिक तहबाटै कानुनी भाषा, विधिशास्त्र, संवैधानिक कानुन, मानवअधिकार, सामाजिक न्याय लगायतका विषयमा ज्ञान प्राप्त हुन्छ भने भोलिका दिनमा कानुनकै अध्ययन एलएलबीका लागि बलियो जग तयार गरिदिन्छ ।

कक्षा ११ र १२ गरी २ वर्षमा एक हजार पूर्णाङ्कको कानुन संकायमा सात अंकभार कानुनकै हुन्छ । कक्षा ११ मा अनिवार्य नेपाली र अंग्रेजीबाहेक ३ सय पूर्णाङ्क कानुनको विषय अध्ययन गर्नुपर्ने हुन्छ । त्यसमा कानुनको सिद्धान्त, नेपाली कानुन प्रणाली, संवैधानिक कानुन र नेपालको संविधान गरी तीन विषय अध्ययन गर्नुपर्छ । कक्षा १२ मा अनिवार्य अंग्रेजीबाहेक ४सय पूर्णाङ्क कानुनको विषय अध्ययन गर्नुपर्ने हुन्छ । कानुनको मस्यौदा प्रक्रिया, कार्यविधि कानुन, देवानी र फौजदारी कानुन, मानवअधिकारको पनि अध्ययन गर्नुपर्छ । तर अहिलेको नयाँ पाठ्यक्रमले भने केहि फरक बनाएको छ । जसमा तिन विषय अनिवर्य छन् भने बाँकी विषय छनोट गनुपर्छ ।


कानुनमा प्लस टु सक्नेबित्तिकै सरकारी जागिरको राम्रो अवसर पाउने सम्भावना उत्तिकै छ । सेन्ट्रल स्टेट कलेजमा कानुन विषय लिएर पढ्ने छात्र सञ्जीव बस्नेत पनि ११ र १२ मा कानुन पढेपछि अवसरको ढोका खुल्ने बताउँछन् । अरु विषय पढ्दा पढिसकेर मात्र काम पाउने संभावना हुन्छ भने कानुन पढ्दाका फाइदैफाइदा छन् । अरुले भन्दा कानुन पढेको व्यक्तिले कानुनको टर्मिनोलोजी बुझेको हुन्छ । सेवाग्राहीको काम पनि चाँडो हुन्छ । कम्पनी, अदालत, मालपोत, यातायात, श्रम कार्यालय लगायतका ठाउँमा लेखापढी गर्न पाइने कानुन व्यवसाय नै अहिले आकर्षक पेशा बनेको छ । जिल्लादेखि सर्वोच्च अदालतसम्म बहस गर्न पाउने अधिवक्ताहरु अनुभवका आधारमा जिल्ला, प्रदेश उच्च अदालत र सर्वोच्च अदातलको पनि न्यायाधीश हुन योग्य हुन्छन् । लोकसेवामा लागे पनि कानुन अध्ययन गर्नैपर्ने बाध्यकारी व्यवस्थाजस्तै भएको छ ।


संघीयतापछि त झन् कानुन पढेका जनशक्तिको माग बढिरहेको छ ।स्थानीय तहमा न्यायिक समिति गठन हुने भएकाले अहिले हरेक गाउँपालिका, नगरपालिकाले न्याय सम्पादनको काम गरिरहेको छ । यसबाहेक उनीहरुले आफ्नो कानुन आफैँ बनाउँछन् । कानुन बनाउनुपर्ने, न्याय सम्पादन गर्नुपर्ने भएपछि उनीहरुलाई कानुन अध्ययन गरेका जनशक्तिको खाँचो छ । अन्य क्षेत्रमा पनि कानुन पढेको जनशक्तिको माग र अवसर धेरै छ । फेरि कानुन पढ्नेको स्वदेशमा मात्रै होइन विदेशमा पनि माग निकै छ । राम्रो कुरा ११ र १२ मा कानुन विषय पढेपछि विद्यार्थीले स्नातक तहमा कानुनबाहेक अन्य संकायमा समेत अध्ययन गर्न पाउँछन् । अहिलेकोे अवस्थामा कानुन पढेको जनशक्ति देशलाई साँच्चिकै खाँचो छ ।


एसईईमा न्युनतम डी प्लस ग्रेड ल्याउने सबै विद्यार्थीले यो विषय पढने् अवसर पाउँछन् । विद्यार्थीको रुचि र समाजको आवश्यकतालाई ध्यानमा राखी उचित परामर्श र भविष्य निर्माणका लागि कानुनमा करिअर रोजगार र अवसरका लागि राम्रो मानिन्छ ।

  • 102
    Shares

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ