निजि विद्यालय र एनसेल विच सहकार्य विद्यार्थीकालागि २५० मै बन्डल सेवा


काठमाडौं /१८ साउन – राष्ट्रिय निजि तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन प्याब्सन) र निजि तथा आवासीय विद्यालय संघ (प्याब्सन) सँगले एनसेल प्राइभेट लिमिटेडसँग सहकार्यमा अनलाइन कक्षा तथा सिकाइका लागि आकर्षक मासिक योजना ल्याएको छ ।


कोरोनाभाइरसको महामारीले गर्दा विद्यालयहरु बन्द भई अध्ययन अध्यापनमा असर परिरहेको हालको अवस्थामा एनसेलसँग सहकार्य गरी एन प्याब्सन र प्याब्सनले अनलाइन कक्षाका लागि एनसेलको मोबाइल कनेक्टिभिटी प्रायेग गर्ने समझदारी गरेको छ । यस सहकार्यले विद्यार्थी, शिक्षकरशिक्षिका र विद्यालयलाई मोबाइल ब्रोडव्याडमा पहुँच सुनिश्चित गर्ने उद्देश्य लिएको छ ।


यस मासिक योजनामा विद्यार्थी तथा शिक्षक,शिक्षिकाले भ्वाइस, डेटा र एसएमएसको बन्डल सेवा प्राप्त गर्दछन् । विद्यार्थीले कर बाहेक मासिक रु २५० मा अनलाइन कक्षाका लागि आवश्यक पर्ने जुम, गुगल मिट र माइक्रोसफ्ट टिम्स प्रयोगका लागि २० जिबी डेटा, १ जिबी थ्रिजी र फोरजी डेटा, २ जिबी फोरजी डेटा, सीयूजी नम्बरमा कल गर्न हरेक दिन १२० मिनेट टकटाइम, ५० मिनेट अन नेट टकटाइम र ५० अन नेट एसएमएस प्राप्त गर्दछन् ।


यस सहकार्यअनुसार एनप्याब्सन र प्याब्सनको सिफारिस पत्रका आधारमा सम्बन्धित विद्यालयका विद्यार्थी, शिक्षक र शिक्षिकाहरूले यो योजनाबाट फाइदा लिन सक्छन् । सिमको स्वामित्व विद्यार्थी वा सम्बन्धित शैक्षिक संस्थाको नाममा राख्न सकिनेछ ।


यो सहकार्यले विद्यार्थीहरुलाई डिजिटल माध्यमबाट ई–लर्निङमा सहयोग पुर्याउने प्याब्सन र एन प्याब्सनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *