एसईईपछि मेडिकल क्षेत्रमा जान चाहने विद्यार्थीका लागि डिप्लोमा इन फार्मेसी

  • 368
  •  
  •  
  •  
  •  
    368
    Shares

काठमाडौ /१३ साउन – एसईईपछि मेडिकल क्षेत्रमा जान चाहने विद्यार्थीका लागि फार्मेसी एउटा राम्रो विकल्प हो । थोरै लगानीमा अध्ययन गर्न सकिने विषय भएकाले पनि फार्मेसी पढ्न चाहने विद्यार्थीहरूको चाम बाक्लै हुने गरेको छ । रोजगारको दृष्टिले पनि फार्मेसी विषयलाई उपयुक्त विषयका रूपमा लिइन्छ ।


अध्ययनपछि रोजगारी सुरक्षित हुनका साथै आफैले पनि औषधी पसल खोल्न सकिने भएकाले यो विषयमा विद्यार्थीको आकर्षण बढ्दै गइरहेको छ । नेपालमा फार्मेसी विषय एसईईपछि अध्ययन गर्न पाइन्छ । एसईईपछि फार्मेसी पढ्नका लागि विद्यार्थीहरुलाई दुईवटा विकल्प छन् । एउटा भनेको सीटीईभीटीको डिप्लोमा इन फार्मेसी कोर्ष अध्ययन गर्ने र अर्को भनेको माध्यमिक तह (कक्षा ११ र १२) मा विज्ञान संकाय अध्ययन गरी स्नात्तक तहमा फार्मेसी विषय अध्ययन गर्ने । विद्यार्थीहरूले आफूलाई जुन उपयुक्त लाग्छ,त्यहि छनोट गरी अध्ययन गर्न सक्छन् ।


तर, धेरै विद्यार्थीहरूले एसईईपछि सीटीईभीटीकै कोर्ष छनोट गरी फार्मेसी विषय अध्ययन गर्ने गरेका छन् । सीटीईभीटी अन्तर्गत ३ वर्षे डिप्लोमा तहको फार्मेसी विषय अध्यापन हुँदै आईरहेको छ । यसलाई सहायक फर्मासिष्ट भनिन्छ ।
यो विषय अध्ययन गर्नका लागि एसईईको परीक्षामा अनिवार्य गणित, अंग्रेजी र विज्ञानमा सी ल्याउनुपर्छ भने जीपीए २ भएका विद्यार्थीहरूले यो विषय अध्ययन गर्न सकिन्छ । डिप्लो इन फार्मेसी अध्ययन गर्नका लागि सीटीईभीटीले लिने प्रवेश परीक्षामा उत्तीर्ण गर्नुपर्छ ।


फार्मेसीमा जनर्ल साइन्स अन्तर्गत फिजिक्स, केमेस्ट्री, बायोलोजी अध्ययन गर्नुपर्छ । यसबाहेक एनाटोमी फिजियोलोजी, मेडिकल म्यानेजमेन्ट, एडमिनेस्ट्रेशन, सोसियल स्टडी, फर्मासिटिकल्स केमेस्ट्री, फर्माकोलोजी, कोग्नोसी, मेडिकल प्लान्ट आदि विषयमा अध्यापन हुन्छ । यो विषयको अध्ययनबाट औषधीका ’boutमा सम्पूर्ण जानकारी हुन्छ भने औषधीको उत्पादनमा प्रयोग हुने रसायन तथा मिश्रण गर्ने तरिका, औषधीको बनावट, प्रयोग पश्चात् शरीरमा देखिने असर, औषधीको म्याद र भण्डार गर्ने विधि ’bout अध्ययन पनि गर्न सकिन्छ ।


यो कोर्ष अध्ययन गर्नका लागि सीटीईभीटीले ३ लाख ३७ हजार ८ रुपैयाँ शुल्क तोकिदिएको छ । डिप्लोमा इन फार्मेसीका लागि प्रत्यके कलेजमा ४० जनाको कोटा निर्धारण गरिएको छ । यो कोर्ष गरेका विद्यार्थीहरूले फार्मेसी काउन्सिलबाट अनुमति पत्र लिएर मात्र औषधी पसल तथा क्लिनिक सञ्चालन गर्न सक्छन् ।


डिप्लोमा इन फार्मेसी गरेकाले फार्मेसीमै स्नात्तक र स्नातकोत्तर गर्न सक्छन् । नेपालमा त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय तथा काठमाडौं विश्वविद्यालयमा फार्मेसीमा स्नात्तक गर्न सकिन्छ । फार्मेसी अध्ययन गरेका विद्यार्थीहरूले फार्मेसी ल्याब, औषधी पसल तथा औषधी गुणस्तर नियन्त्रण लगायतका क्षेत्रमा अवसर पाउँछन् ।


फार्मेसी अध्ययन गर्नका विद्यार्थीले नेपालमा विभिन्न क्षेत्रमा रहेर काम गर्न सक्छन् । फार्मेसी अध्ययन गरेका विद्यार्थीहरूले आफै व्यवसाय सञ्चालन गर्ने देखि लिएर अस्पताल क्षेत्र, औषधी उद्योग, मेडिकल रिप्रेजेण्टेटिभ, प्रोजेक्टरहरूमा लजिस्टिक अफिसर र औषधी विभाग आदिमा काम गर्न सक्छन् ।

  • 368
    Shares

2 Comments on “एसईईपछि मेडिकल क्षेत्रमा जान चाहने विद्यार्थीका लागि डिप्लोमा इन फार्मेसी”

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ