सीपयुक्त शिक्षाका लागि ट्रिटन


काठमाडौ/ ११ साउन – विगत १९ वर्ष देखि उच्च माध्यमिक तथा स्नातक तहको शिक्षा क्षेत्रमा उल्लेखनीय योगदान दिदैं आएको ट्रिटन इन्टरनेश्नल कलेजमा दक्षा, अनुभवी प्राध्यापकद्धारा आधुनिक प्रविधिमार्फत पठनपाठन गराईन्छ । यहाँबाट विज्ञान तथा व्यवस्थापन संकायमा अध्ययन गरेका छात्रछात्राहरु उच्च शिक्षा हासिल गर्दै देश विदेशका विभिन्न निकायमा जिम्मेवारी सम्हाल्दै आएका छन् । कलेजले विद्यार्थीहरुलाई पढाउने मात्र नभएर पढाई सकेपछि भविष्यमा कसरी अघि बढ्ने बाटो समेत पहिल्याउन सहयोगी भूमिका निवार्ह गर्दै आएको छ ।

यस कलेजमा विज्ञान संकायबाट योग्य र दक्ष डाक्टर तथा इन्जिनियर उत्पादनका निम्ति कलेजमा अतिरिक्त समयमा सम्बन्धित विषयका विज्ञहरुलाई बोलाएर विशेष कक्षा संञ्चालन गरिन्छ । साथै व्यवस्थापन संकायमा अध्ययनरत विद्यार्थीलाई सीप प्रदान गर्न विभिन्न होटेल, बैंक, उद्योग तथा कलाकारखानाहरुमा स्थलगत भ्रमण पनि गराउने गरेको छ ।

विद्यार्थीहरुको प्रत्येक कक्षा कोठाहरु आधुनिक प्रविधि जडित रहेको छ । यस ट्रिटन कलेजबाट उच्चतम अंक ल्याएर उत्तिर्ण हुने विद्यार्थीहरुलाई विभिन्न संघ–संस्था तथा कार्यालयहरुमा इन्टर्नसिपको लागि पठाउँदै आएका छ । राष्ट्रिय स्तरमा ख्याति प्राप्त विज्ञहरुलाई बोलाएर समय समयमा विशेष कक्षाहरु सञ्चालन गरी विद्यार्थीहरुलाई पढाईका साथ साथै अतिरिक्त क्रियाकलापमा पनि जोड्दै आएका छौं । विद्यार्थीहरुलाई अहिले सैद्धान्तिक ज्ञानले मात्र पुग्दैन भन्ने कुरालाई मनन गरी व्यवहारिक ज्ञानपनि कलेजले जोड दिँदै आएको छ ।

कलेजको चाहाना विद्यार्थीले कोर्ष मात्र पूरा गरोस् भन्ने होइन । पढाएको कुरालाई विद्यार्थीले आफ्नो वास्तविक जीवनमा लागू गर्न सक्ने बनाउने हो । विद्यार्थीले आज पढेको कुरा उनीहरुले भविष्यमा कता जाने भन्ने शाख प्राप्त गराउने कलेजको उद्देश्य हो । हाल सम्मका दिनहरुमा विद्यार्थीहरुलाई सम्पूर्ण सेवा उपलब्धी गराइरहेको यस ट्रिटन कलेजले भविष्यमा अझ यो भन्दा बढी सेवा तथा सुविधाहरु प्रदान गर्ने छ । साथै विद्यार्थीहरुलाई सैद्धान्तिक र व्यवहारिक ज्ञान दुवै उत्तिकै महत्वका साथ अध्यापन गराउने प्रतिवद्वता कलेजले लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *