प्याब्सन,एन- प्याब्सनल र इस्टुबीच सहमति शिक्षक कर्मचारीलाई बेतलबी बिदा दिने निर्णय फिर्ता


काठमाडौं/ ५ साउन – निजी विद्यालयका छाता संगठनहरु प्याब्सन र एन -प्याब्सनले साउन १ गतेदेखि बेतलबी शिक्षक कर्मचारीलाई बिदा दिने निर्णय फिर्ता लिएको छ । उनीहरु आन्दोलनरत इस्टुको माग सम्बोधन गर्दै पूर्ववत रुपमा काममा फर्काउने सहमति भएको हो ।

प्याब्सन र एन-प्याब्सनको यसखालको निर्णयसँगै आन्दोलित भएका उनीहरुको माग सम्बोधन गर्दै शिक्षक कर्मचारीलाई पूर्ववत रुप काममा राख्ने सहमति भएको हो । प्याब्सन, एन-प्याब्सन र इस्टुबीच ‘साउन १ गतेबाट शिक्षक कर्मचारीलाई बेतलबी घर बिदा दिने भन्ने शब्दावली फिर्ता लिने’ सहमति भएको तीन वटै संस्थाले जारी गरेको संयुक्त विज्ञप्तिमा उल्लेख छ ।


शिक्षक कर्मचारीले २०७६ चैत मसान्तसम्मको सम्पूर्ण बक्यौता विद्यालयहरुले तत्काल भुक्तानी गर्ने सहमति भएको छ भने लकडाउनको अवधिमा अध्यापन नभएको समयको पारिश्रमिक व्यवहारिक रुपमा भुक्तानी गर्दै जाने समझदारी भएको छ ।
तर, अनलाइन कक्षा बन्द निर्णय भने कायमै रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *